२०८२, ३ चैत्र मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीकै दल सडकमा उत्रियो, काठमाडौंमा ट्राफिक जाम



नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरणसभाका लागि तयारी पूरा भएको छ । सत्तारुढ दल नै सडकमा आएर जनता जगाउने अभियान सुरु गरेको हो ।

जागरणसभाका लागि केही बेरमा भद्रकालीबाट ¥याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । एमालेको जागरणसभाका काठमाडौँ, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने तयारी रहेको छ ।

एमाले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा जागरण सभाको कार्यक्रम हुँदैछ । कार्यक्रमलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले उक्त जागरणसभा आयोजना गर्न लागिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

अभियान सफल बनाउन नेकपा एमालेका नेता कार्यकर्ता र जनसंगठनका नेताहरु सडकमा उत्रिएका छन् ।

प्रकाशित मिति : २०८१, ७ मंसिर शुक्रबार ००:००  १२ : ०० बजे