२०८१, २५ माघ शुक्रबार | Fri Feb 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिलसँग ठोक्किएको जहाज मर्मतका लागि सिमकोट पुग्यो प्राविधिक टोली



काठमाडौं । बुधबार चिलसँग ठोक्किएको तारा एयरको जहाज मर्मतका लागि प्राविधिक टोली हुम्लाको सिमकोट विमानस्थलमा पुगेको छ ।

नेपालगञ्जबाट आज बिहान प्राविधिक जनक तामाङ नेतृत्वका सात सदस्यीय टोली पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लामा इन्सपेक्टर दिपक मल्लले बताए । उनले टोलीले जहाजको क्षति भएको भाग मर्मतको काम सुरु गरिसकेको बताए ।

बुधबार अदानचुली गाउँपालिकास्थित मुनेलेक क्षेत्रमा उडिरहेको तारा एयरको ट्विनअटर जहाज चिलसँग टोक्किदा जहाजको अघिल्लो भागमा क्षति पुगेको थियो ।

पाइलट, को–पाइलट र एयर होस्टेज गरी तीनजना सवार जहाज सिमकोट विमानस्थलमा सकुसल अवतरण गरेको थियो ।

प्रकाशित मिति : २०७९, २२ मंसिर बिहीबार ००:००  १२ : ५० बजे