२०८१, २४ माघ बिहीबार | Thu Feb 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरा जहाज दुर्घटनापरी मृत्यु हुनेको २५ शव पोस्टमर्टमका लागि ल्याइयो काठमाडौं



पोखरामा आइतबार यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएकामध्ये २५ वटा शव काठमाडौं ल्याइएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अहिलेसम्म ७० जनाको शव फेला परेकोमध्ये २२ वटा शव सनाखत गरी पोखरामै बुझाइएको बताएको छ।

‘बाँकी ४८ शवमध्ये २५ वटा शव सेनाको वायुयानबाट काठमाडौं ल्याइएको छ’, नागरिक उड्डयनले भनेको छ, ‘बाँकी २३ वटा शव दोस्रो वायुयानबाट काठमाडौं ल्याउने क्रम जारी छ।‘

उक्त शव काठमाडौं शिक्षण अस्पतालबाट पोस्टमर्टम गरी आफन्तलाई बुझाइने प्राधिकरणले जनाएको छ।

शव काठमाडौं ल्याउन सोमबार सेनाको हेलिकप्टर पोखरा पुगेको थियो।

प्रकाशित मिति : २०७९, ३ माघ मंगलबार ००:००  १ : ११ बजे