२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बझाङमा पानी उद्योग खोल्दै जयपृथ्वी नगरपालिका

यसवर्ष १ जना महिलालाई एमविविएस पढाउने



बझाङको जयपृथ्वी नगरपालिकाले पानी उद्योग स्थापना गर्ने भएको छ । नगरपालिकामा रहेको स्वच्छ पिउनेपानीलाई प्रशोधन उद्योग खोलेर पानी उद्योग मार्फत स्थानीयलाई स्वरोजगार बनाउने र नगरको आयस्रोत वृद्धि गर्ने नीति पास गरेको हो ।

आगामी आर्थिक वर्षका लागि ५७ करोडको बजेट ल्याएको जयपृथ्वी नगरपालिकाले पानी प्रशोधन उद्योग सञ्चालनका लागि २० लाख बजेट छुट्याएको छ । पानी प्रशोधन उद्योगको सम्भाव्यता अध्ययन गरेर व्यक्ति वा समुह मार्फत उद्योग सञ्चालन गरेर अनुदान दिने वा  सरकारी स्वामित्व उद्योग खोल्ने भन्ने विषयमा छलफल भईरहेको नगरप्रमुख चेतराज बजालले अनलाइन सरोकारसँग बताए ।

नगरप्रमुख बजालले आगामी वर्षको बजेटमा कृषिलाई प्राथमिकतामा राखेको बताए । कृषि र पशु पालनका क्षेत्रमा अन्तराष्ट्रिय दातृ निकायसँगको साझेदारीमा काम गर्नेगरि म्याचिङ फण्ड राखिएको उनको भनाई छ ।

जयपृथ्वी नगरपालिकाले वर्षमा १ जना लाई एमविविएस पढाउने कार्यक्रमलाइृ निरन्तरता दिएको छ । यो वर्ष १ जना पुरुषलाई एमविविएस पढाएको नगरपालिकाले आगामी वर्ष १ जना महिलालाई एमविविएस पढाउने र अर्को वर्ष दलित विद्यार्थीलाई एमविविएस पढाइने नगरप्रमुख बजालले बताए । संघीय अनुदान ३ करोड घटेर आएकाले नगरको विकास प्रभावित भएको उनको भनाई छ ।

महिला र दलित शसक्तिकरण अभियान चलाएको जयपृथ्वी नगरपालिकाले जागरण, उत्पादन र स्वरोजगारका कार्यक्रमलाई जोड दिएको छ ।

प्रकाशित मिति : २०८०, १७ असार आइतबार ००:००  ४ : ३९ बजे