सर्लाहीको विष्णु गाउँपालिकाले ३९ करोड ४९ लाख ५१ हजार ३ सयको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि विष्णु गाउँपालिकाले चालु तर्फ १९ करोड ५ लाख ६२ हजार ३ सय र पुँजीगत तर्फ २० करोड ४३ लाख ८९ हजार बजेट प्रस्तुत गरेको हो ।
गाउँपालिकाको प्रशासनिक भवन निर्माणसहितका भौतिक पूर्वाधार विकास आयोजना र शिक्षा, स्वास्थ्य, कृषि र जिवीको पार्जनसँग सम्बन्धित क्षेत्रगत प्राथमिकताका आधारमा विनियोजित बजेट गाउँसभाबाट पास भएको विष्णु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजिब सापकोटाले बताए । उनका अनुसार अधुरा योजना पुरा गर्दै नयाँ संरचना निर्माण गर्ने गाउँपालिकाले नीति लिएको छ ।
यसवर्ष संघीय अनुदान घटेर आउँदा विकास प्रभावित भएको गाउँपालिका अध्यक्ष जवाहरलाल यादवले बताए । सिमित स्रोतबाट नागरिकका असिमित आवश्यकताअरु पुरा गर्नुपर्ने बाध्यताका बीच आगामी वर्ष विष्णु गाउँपालिकामा रचनात्मक काम गर्ने लक्ष्य राखिएको उनको भनाई छ ।
विगतमा समयमा बजेट ल्याउन समस्या भएपनि वर्तमान जनप्रतिनिधि र कर्मचारीले समन्वय गरेर यसवर्ष असार १० गते नै बजेट पास गराएका छन् । विगतमा छ महिना सम्म गाउँसभा नहुँदा विष्णु गाउँपालिकामा निकै समस्या भएकाे थियाे ।