२०८१, ३ फाल्गुन शनिबार | Sat Feb 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१ अर्व १० करोड बजेटबाट उत्पादन, पर्यटन र पूर्वाधारको काम गर्दै सैनामैना



रुपन्देहीको सैनामैना नगरपालिकाले १ अर्व १० करोड ५२ लाख ६८ हजार ७ सय ७४ रुपैयाँ बजेट ल्याएको छ । चालु तर्फ ७७ करोड ७५ लाख ३८ हजार ७ सय ७४ रुपैंया र पुजिगत तर्फ ३२ करोड ७७ लाख २० हजार बजेट प्रस्तुत गरिएको हो ।

सैनामैना समृद्धिको आधारः उत्पादन, पर्यटन र पूर्वाधारको लक्ष्य राखेको सैनामैनाले नागरिकलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउने, पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसार गर्ने कार्यलाई आगामी वर्ष प्राथमिकतामा राख्ने नीति लिएको छ ।

अव्यवस्थित बसोबासी र भूमिहिन सुकुम्बासीलाई जग्गा नापजाँच गरी जग्गाको स्वामित्व दिलाउने, खस्किएको अर्थतन्त्रलाई चलायमान बनाउने, उच्च दिगो र फराकिलो आर्थिक विकास गर्ने, आदिवासी थारुहरुको बसोबास क्षेत्रलाई व्यवस्थित बनाउने, पर्यटन प्रवद्र्धनको माध्यमबाट नगरपालिकाको आर्थिक विकाससँगै नगरलाई विश्वमा चिनाउने लक्ष्य राखिएको नगरप्रमुख फणेन्द्र प्रसाद शर्माले बताए । कृषि र पशुपालनका माध्यमबाट वेरोजगार युवालाई स्वरोजगार बनाइने उनको भनाई छ । नगरप्रमुख शर्माले अधुरा योजनालाई पुरा गर्दै नयाँ गौरवका आयोजना सञ्चालनमा जोड दिइने बताएका छन् ।

यस्ताे छ सैनाममैनाको नीति कार्यक्रम र बजेट :

प्रकाशित मिति : २०८०, १८ असार सोमबार ००:००  ५ : ११ बजे