२०८२, २९ असार आइतबार | Sun Jul 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेसिनबाट दुना, टपरी उत्पादन गर्दै परशुरामका महिला

प्लास्टिकजन्य वस्तुहरू प्रतिबन्ध गर्दै नगरपालिका



डडेलधुराको परशुराम नगरपालिकाका महिलाहरुले मेसिनबाट दुना, टपरी उत्पादन गर्न थालेका छन् । नगरपालिकाले स्थानीय महिलाहरुलाई सीप र साधन सहयोग गरेपछि महिलाहरु जागरुक भएर मेसिनबाट दुना, टपरी उत्पादनमा लागेका हुन् ।

परशुराम नगरपालिकाको १, ६, ७, र ११ गरी ४ वटा वडामा महिला शसक्तिकरणका लागि दुना, टपरी उत्पादन गर्ने उद्देश्यका साथ महिलाहरुलाई तालिम तथा प्रशिक्षणको कार्यक्रम सञ्चालन गरिएको मेयर भरत जोशीले बताए । यसबाट स्थानीय स्रोत, साधन र उत्पादनको प्रयोग गर्ने संस्कृतिको विकास भई स्थानीय महिलाहरुको आर्थिक अवस्थामा सुधार आउने अपेक्षा गरिएको उनको भनाई छ । नगरपालिकाले चारवटै वडामा १-१ थान मेसिन समेत हस्तान्तरण गरिसकेको छ ।

यो कार्यक्रमलाई विस्तार एवमु थप सुधार गर्दै आगामी आर्थिक वर्ष देखि परशुराममा प्लास्टिकका झोला, डिस्पोजल प्लेट लगायतका प्लास्टिकजन्य वस्तुहरू प्रतिबन्ध गर्दै स्थानीयस्तरमै वातावरण मैत्री वस्तुहरूको उत्पादन र उपभोग गर्ने नगरपालिकाले नीति  अघि सारेको छ ।  

प्रकाशित मिति : २०८०, २० असार बुधबार ००:००  १ : ०६ बजे