२०८१, ३ फाल्गुन शनिबार | Sun Feb 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोलुङका १५ जना भूमिहीन सुकुम्बासीले निस्सा पाए



मोलुङ गाउँपालिकाका १५ जना भूमिहीन सुकुसम्बासीलाई लालपुर्जा वितरण गर्न निस्सा प्रदान गरिएको छ । गाउँपालिका अध्यक्ष उत्तम राई, उपाध्यक्ष उर्मिला खतिवडा र भूमि आयोग जिल्ला अध्यक्ष पुरुषोत्तम लुइँटेलले गाउँपालिकाको वडा नं. १, ३, ५ र ७ का १५ जना भूमिहीनलाई निस्सा हस्तान्तरण गरिएको हो ।

निस्सा वितरण गर्दै गाउँपालिका अध्यक्ष राईले जग्गा नभएका सुकुम्बासी नागरिकले निस्सा प्राप्त गरेसँगै अब लालपुर्जा पाउने बाटो खुलेको बताए । लालपुर्जा प्राप्तिका लागि पालिकाले आवश्यक सहजीकरण गर्ने अध्यक्ष राईले प्रतिबद्धता जनाएका छन् ।
हालसम्म सुनकोशी र मोलुङ गाउँपालिकाका २० जना भूमिहीन सुकुम्बासीलाई निस्सा हस्तान्तरण गरिएको भूमि आयोगका जिल्ला अध्यक्ष लुइँटेलले बताए । अन्य पालिकाहरुका भूमिहीन सुकुम्बासीलाई पनि प्रक्रिया पुर्याएर चाँडै निस्सा हस्तान्तरण गर्ने योजना रहेको अध्यक्ष लुइँटेलको भनाई छ ।

ओखलढुङ्गामा एक सयभन्दा बढी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु रहेको आयोगको तथ्याङ्क छ ।

प्रकाशित मिति : २०८०, २९ असार शुक्रबार ००:००  २ : ५१ बजे