२०८१, ३ फाल्गुन शनिबार | Sun Feb 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अध्यक्षलाई उपाध्यक्षले थप्पड र चप्पल हानेपछि गुठीचौर गाउँपालिका तनावग्रस्त

उपाध्यक्ष पक्राउ, विवादकै बीच बजेट अनुमोदन



अध्यक्ष र उपाध्यक्षबीचको विवादले जुम्लाको गुठीचौर गाउँपालिका तनावग्रस्त स्थितीमा पुगेको छ । नीति तथा कार्यक्रम र बजेट तर्जुमा, कार्यान्वयनलगायतका विषयमा उत्पन्न भएको विवाद अन्तत हात हालाहालको स्थितीमा पुगेको हो ।
अध्यक्षले आफुखुसी बजेट विनियोजन गरेको र आफ्नो अधिकारसमेत खोसेको भन्दै उपाध्यक्ष शान्तिकारी मल्ल भण्डारीले अध्यक्ष दानबहादुर बुढालाई कार्यकक्षमै गएर हातपात गरेकी छन् । असार ३१ गते अध्यक्षलाई थप्पड र चप्पल हानेको आरोपमा गरेको आरोपमा पक्राउ परेकी छन् । उपाध्यक्ष शान्तिकारी मल्ल भण्डारीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
अघिल्लो वर्षको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनमा असहयोग गरेको र यसवर्षको नीति तर्जुमा र बजेट विनियोजनामा समेत भूमिका नखेलेर उपाध्यक्षले बेइमानी गरेको अध्यक्ष बुढाको आरोप छ ।

अनलाइन सरोकारसँग अध्यक्ष बुढाले भने ‘वार्षिक नीति तथा कार्यक्रम सभामा लैजाने अधिकार मसँग छ । त्यो अधिकार प्रयोग गरेर कार्यपालिकाका बैठकमा अनुमोदन गरी सभामा लैजाने तयारि गरेको थिएँ । बैठकमा उपाध्यक्ष आउनुभएन । अर्को दिन बैठक राख्दा उहाँ एकैचोटि छिरेर बजेट सिलिङ चाहियो भन्नुभयो । मैले आईटी सरलाई बजेट सिलिङ्ग प्रिन्ट गरेर दिनुस् भने । अगाडि बढ्दै आउनु भयो एक्कासी मेरो गालामा थप्पड हिर्काउनु भयो । त्यसपछि एक्कासी फोहोरसहितको हिलो चप्पल निकालेर हाल्न थाल्नुभयो निन्दनीय र अलोकतान्त्रिक घटना भएपछि मैले प्रहरीमा उजुरी दिएँ ।’

अभद्र व्यवहारमा जाहेरी आएकोले कारबाही सुरू गरिएको जुम्लाका डीएसपी प्रल्हाद कार्कीले बताए । कार्यपालिकाको बैठकले उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ ।

विवादकै बीच गाउँपालिकाको बजेट सभाबाट अनुमोदन भइसकेको छ ।

गाउँपालिकाका अध्यक्ष बुढा नेपाली कांग्रेस र उपाध्यक्ष भण्डारी नेकपा एसबाट निर्वाचित भएका थिए । चुनावमा गठबन्धन गरेर जितेपनि जनताको काम गर्ने समयमा एकतावद्ध हुन नसक्दा विवाद बढ्दै गएको छ ।

प्रकाशित मिति : २०८०, २ श्रावण मंगलबार ००:००  ४ : ०४ बजे