२०८१, ११ श्रावण शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्ताे पाे विकास !



अनलाइन सरोकार

पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा – ओखलढुंगाको वाक्सामा संकटका समयमा पनि नमुना योग्य विकास निर्माणका काम भएको छ । विश्वमा महामारीको रुप लिएर फैलिएको कोरोनाको करहका कारण देशभरको विकास प्रभावित भईरहँदा जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिका २ वाक्सामा वडा प्रवेश गर्ने ठुलागाउँ सडकको स्तरोन्नती गरिएको हो ।

विगतमा वर्षा सुरु भएसँगै चिप्लो भएर आवत जावतमा नै समस्या हुने ठुलागाउँ सडकको व्यवस्थित सोलिङ सहितका काम गरेर स्तरोन्नती गरिएको वडा अध्यक्ष उमेश कार्कीले बताए । कोरोनाबाट बच्न उच्च सतर्कता अपनाएर स्थानीय कामदार मार्फत विकासका काम अघि बढाईएको कार्कीको भनाई छ । ‘लकडाउनमा श्रमिकहरु फुर्सदमा हुने भएकाले उनिहरुलाई आम्दानी हुने काम दिएर विकास निर्माणमा परिचालन गरियो । साँच्चै नमुना काम भएको छ ।’ वडाअध्यक्ष कार्कीले भने, ‘लकडाउनमा काम नपाएर खाना अभाव भएको गुनासो गर्नेहरुलाई बोलाएर काम लगाईयो । उनिहरुले छाक पनि टारे । विकासको काम पनि गरे ।’ श्रमिकलाई दिईने थोरै राहत भन्दा रोजगारी दिएर काममा लगाउँदा सरकार र नागरिक दुवैलाई फाईदा पुग्ने उनको भनाई छ । काम पाएपछि लकडाउन प्रभावित श्रमिकहरुलाई दैनिकी चलाउन सहज भएको छ ।

ठुलागाउँ सडक स्तरोन्न्तीका लागि चालु आर्थिक वर्षमा वडा कार्यालयले २ लाख ५० हजार बजेट विनियोजन गरेको थियो ।

प्रकाशित मिति : २०७७, ८ जेठ बिहीबार ००:००  १० : ४६ बजे