२०८१, ८ फाल्गुन बिहीबार | Fri Feb 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वर्ल्ड गभर्मेन्ट समिटमा बागमतीका मुख्यमन्त्रीः जलवायु परिवर्तनको असरबारे छलफल



बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा दुबईमा आयोजित वर्ल्ड  गभर्मेन्ट समिट २०२५ मा सहभागी भएका छन् । दुबईमा आयोजित वर्ल्ड  गभर्मेन्ट समिट २०२५ को सार्पिङ फ्युचर गभर्मेन्ट मन्त्रीस्तरिय राउन्ड टेबलमा इफेक्टिभ गभर्नेन्स एन्ड क्याइसिस रेसिलेन्सी सत्रको छलफलमा मुख्यमन्त्री लामाले भाग लिएका हुन् ।

समटिलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले जलवायु परिवर्तनको कारण नेपालले ठुलो क्षति व्यहोरिरहेको बताए । पछिल्लो समय बढिरहेको जलवायु परिवर्तनको उच्च जोखिम नेपालमा परिरहेको उनको भनाई थियो ।

जलवायु परिवर्तनका कारण निम्तिएको विपत्तिबाट राज्यले आफ्नो प्रगतिको लक्ष्यमा ठुलो क्षति व्यहोर्नु परिरहेको बताए । त्यसको उदाहरणको रूपमा उने गत असोजमा भएको अविरल वर्षाबाट निम्तिएको विपद्लाई प्रस्तुत गरेका छन् ।

‘जलवायु परिवर्तनका कारण गत सेप्टेम्बर (असोज)मा बागमती प्रदेशमा भएको अत्यधिक वर्षाका कारणले ठुलो क्षति व्यहोर्नु परेको छ । जसका कारणले हामीले ठुलो जनधनको क्षति व्यहोर्नु प¥यो ।’ उनले भने, ‘राष्ट्रिय राजमार्गहरू भग्नावशेष भएका छन् भने जनताको घर आवास तथा सामुदायिक संरचनाहरू क्षतविच्छेद भएका छन् । यसबाट हाल कायम मौज्युदा भौतिक पुर्वाधार गुमाउन पुग्यौ भने यसको पुनःर्निर्माणमा राज्यको बजेटको ठुलो हिस्सा खर्चनु पर्ने अवस्था छ ।’

उनका अनुसार उक्त विपद्को घटनाबाट योजनागत रूपमा तयार गरेको लक्ष्यमा पुर्न हामीलाई ठुलो अवरोध सिर्जना भएको छ भने हाल सञ्चालनमा रहेका योजना तथा कार्यक्रम कार्यान्वयनमा समेत चुनौती सिर्जना भएको छ । संसारकै उच्च शिखर सगरमाथा रहेको देश नेपाल जलवायु परिवर्तनका कारणबाट नियमित प्रभावित भइरहेको उनले बताए ।

हरेक वर्ष मनसुनी वर्षाबाट ठुलो क्षति व्यहोर्नु परिरहेको र क्षतिको परिणाम क्रमशः बढ्दै गइरहेको उनको भनाई छ । उच्च सहरीकरणको जोखिम तथा अन्य भूकम्पजन्य प्राकृतिक विपत्तले पनि थप समस्या ल्याएको उनले बताए ।

उक्त समस्या समाधानका लागि संघीय शासन प्रणाली अनुसार बागमती प्रदेश सरकार अग्रसर भइरहेको र यसमा सम्पूर्ण पक्षबाट प्राविधिक तथा आर्थिक सहायताको अपेक्षा रहेको उनले बताए । नेपालमा जलवायु अनुकूलन राष्ट्रिय योजना तयार गरी लागु गरिएको छ भने राष्ट्रिय जलवायु परिवर्तन नीति २०१९  कार्यान्वयनको चरणमा रहेको  उनले बताए ।

जलवायु परिवर्तन सामना गर्नका लागि नेपाल आफ्नै पहलबाट मात्रै सम्भव नरहेकाले ग्लोबल पाट्नसीपको पक्षमा रहेको उनको भनाइ छ । उक्त समस्या विरुद्ध लड्न नेपालले राष्ट्रिय तथा प्रदेश स्तरमा यस विषयमा लड्न रेड कार्यान्वयन केन्द्र तथा जलवायु परिषद् लगाएतका संरचनाहरू समेत विकास गरेको उनले बताए । जलवायु परिवर्तनको दरलाई कम गर्न र समस्याहरू सामना गर्नका लागि साझा धारणा सहित ग्लोबल सपोर्ट जुटाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।

प्रकाशित मिति : २०८१, १ फाल्गुन बिहीबार ००:००  ११ : ४३ बजे