२०८२, २० जेठ सोमबार | Mon Jun 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुराको हिमालीमा जीप दुर्घटना, ६ जना घाइते



बाजुराको हिमाली गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

बुढीनन्दा नगरपालिकाको कोल्टीबाट हिमाली गाउँपालिकाको धुलाचौरतर्फ जाँदै गरेको म १ ज २३३ नम्बरको जीप सिउडी खोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेका घाइतेहरूमा जीप चालक सबिन बोहरा, हिमाली–५ निवासी १८ वर्षीया रंगीता बुढा, जुनिता बुढा, २९ वर्षीय विवेक बुढा, वडा नं. ६ का २२ वर्षीय अस्मिता शाही र वडा नं. ४ का १८ वर्षीय विज्ञान सार्की रहेका छन् ।

उनीहरू सबै कक्षा १२ को परीक्षा सकेर घर फर्कँदै गरेका विद्यार्थीहरू हुन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जीप अचानक अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर कर्णाली नदीमाथिको रुखमा अड्किएको हो।

घाइतेहरूको अवस्था मध्यम रहेको र हाल कोल्टी अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित मिति : २०८२, ३ जेठ शुक्रबार ००:००  ५ : २१ बजे