२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिद्धिचरण मेयर कपको २२२२२२ नगदसहितको उपाधि मानेभञ्ज्याङ स्पोर्टस् क्लबले जित्यो



सिद्धिचरण नगरपालिकाको मेयर कपको उपाधि मानेभञ्ज्याङ स्पोर्टस् क्लबले जितेको छ । शनिवार सम्पन्न फाइनल खेलमा अधेरी नारायणस्थान फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मानेभञ्ज्याङ स्पोर्टस् क्लबले उपाधि उचालेको हो ।

मेयरकप विजेता टिमले नगद २ लाख २२ हजार २ सय २२ रुपैंया र उपविजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैंया सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।

१० टिमको सहभागिता रहेको प्रतियोगितामा नेपाली सेनाको दुर्गा बक्स गण ओखलढुंगा र मानेभञ्ज्याङ गाउँपालिका सेमिफाइनलिस्ट बनेका छन् ।

प्रतियोगिताको सेमिफाईनलमा पुग्ने २ टिमले ४४ हजार ४ सय ४४ रुपैंया प्राप्त गरेका छन् ।

उत्कृष्ट क्रमशः खेलाडी, गोलकिपर, मिडफिल्डर, डिफेन्डर र गोल स्कोररले जनही ५ हजार पाएका छन् ।

खेलाडीलाई सिद्धिचरणका नगरप्रमुख तेजन खनाल, प्रदेश सांसद प्रदिप सुनुपार र मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीलगायतले बधाई ज्ञापनसहित पुरस्कार हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : २०८२, ४ जेठ शनिबार ००:००  ७ : ०४ बजे