२०८१, १६ फाल्गुन शुक्रबार | Fri Feb 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकामा ४१५ सहित ९२७ संक्रमित थपिए



काठमाडौं । नेपालमा शुक्रबार थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरको प्रयोगशालामा १० हजार २२९ जनाको नमुना परिक्षण गर्दा ९२७ जनामा संक्रमण देखिएको जनाकारी दिए ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण देखिएको छ । प्रवक्ता गौतमका अनुसार, काठमाडौं जिल्लामा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ । हाल १६ हजार १९ जना आइसोलेसनमा छन् । अहिले क्वारेन्टाइनमा ८ हजार ९४९ जना रहेका छन्।  

पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार २४२ पुगेको छ ।

प्रकाशित मिति : २०७७, १२ भाद्र शुक्रबार ००:००  १० : ४९ बजे