२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा छोरीमाथि यौन दुर्व्यवहार गर्ने एक पुरुष पक्राउ



अनलाइन सराेकार

ओखलढुंगा- ओखलढुंगामा आफ्नै छोरीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । १३ वर्षीया छोरीलाई दुव्र्यवहार गरेको आरोपमा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं ९ का ५३ वर्षीय एक पुरुष पक्राउ परेका हुन् ।

छोरीमाथि पटक पटक यौन दुव्र्यवहार गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी दिए ।

विहीबार पक्राउ गरी हिरासमतमा राखिएका उनलाई बाल यौन दुरुपयोग शीर्षक अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ९ जेठ शुक्रबार ००:००  ८ : ०३ बजे