२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारको निर्णयप्रति हवाई संचालकहरुले आन्दोलन गर्ने



काठमाडौं । आन्तरिक हवाई उडान दुई साताका लागि स्थगित गर्ने सरकारको निर्णयप्रति हवाई संचालकहरुले आन्दोलन गर्ने भएका छन् । सरकारले यसअघिको निर्णय पटक–पटक सार्न थालेपछि एयरलाइन्स अपरेटरहरुले विरोध जनाएका हुन् ।

मन्त्रिपरिषद्को बैठकले आन्तरिक हवाई उडान असोज १ गतेसम्म स्थगित गर्ने निर्णय गरेको थियो ।

यो निर्णयसँगै पूर्वनिर्धारित तालिकाअनुसार आन्दोलनका कार्यक्रम घोषणा गरेर अघि बढ्ने तयारी गरेको संघका महासचिव मनोज कार्कीले जानकारी दिए ।

आन्तरिक उडान बन्द गर्ने निर्णय नलम्ब्याउन आफूहरुले गरेको आग्रहलाई सरकारले बेवास्ता गरेको भन्दै संघले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मन्त्रिपरिषद्को गत साउन ५ गतेको बैठकले भदौ १ गतेदेखि हवाई उडान खुला गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०७७, १६ भाद्र मंगलबार ००:००  ६ : ३९ बजे