२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३० जनामा कोरोना संक्रमित थपिए, संक्रमित संख्या ४८७ पुग्यो



अनलाइन सराेकार

काठमाडौं – शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सर्लाही जिल्लामा १५, कपिलवस्तुमा ९, चितवनमा २, नवलपरासीका ३, नवपरासी पूर्वका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

सर्लाहीको गौडेता नगरपालिका र रामनगर बहुअर्वा नगरपालिकामा कोरोना संक्रमण देखिएको हो । त्यहाँका २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८ र ३९ वर्षका पुरुष र १८ वर्षकी महिलामा कोरोना संक्रमण भएको छ ।

कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षका पुरुष र ८ वर्षकी बालिकामा कोरोना संक्रमण देखिएको हो ।

नवलपरासीको सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिकाका ३३ र ३५ वर्षका पुरुष र १५ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको छ ।

चितवनको भरतपुर महानरगपालिका–६ का ७४ वर्षका पुरुष, ७३ वर्षकी महिलामा कोरोना संक्रमण भएको छ । त्यस्तै नवलपरासी पूर्वको विनय त्रिवेणी गाउँपालिका– ६ का ४५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ९ जेठ शुक्रबार ००:००  ८ : ०९ बजे