२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश १ मा जोर–बिजोर प्रणालीमा विद्यालय सञ्चालन गर्ने तयारी



काठमाडौं । प्रदेश नम्बर १ मा जोर–बिजोर प्रणालीमा विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले यस विषयमा स्थानीय तहको सुझाव लिएको छ । कतिपय सरोकारवालाबाट विद्यार्थी रोल नम्बरको आधारमा जोर–बिजोर कक्षा सञ्चालन गर्न सकिने सुझाव आएको छ ।

प्रदेश १ सरकारले विद्यालयमा सिकाइ सञ्चालनका लागि तयारी सुरु गरी स्थानीय तहसँग छलफल चलाएको हो । सामाजिक विकास मन्त्री जीवन घिमिरेले केही समयअघि स्थानीय तहका प्रमुख, उपप्रमुख तथा शिक्षा क्षेत्रका विज्ञहरुसँग विद्यालयमा सिकाइ सञ्चालनको मार्गनिर्देशन तयार गर्न निर्देशन दिएका थिए । मन्त्रालयको शैक्षिक महाशाखाले छलफल गरी सुझाव लिएको हो ।

मन्त्रालयले स्थानीय तहका प्रमुख, उपप्रमुख, शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख, शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन, अभिभावक संघसँग छलफल गरेको छ । प्राप्त सुझावालई शिक्षा मन्त्रालय समक्ष पेश गरिसकेको छ ।

मन्त्रालयले विद्यालयमा असोजदेखि सिकाइ सञ्चालन गर्न सुझाव दिएको छ । सिकाइ सञ्चालनअघि भदौभित्रमा विद्यार्थीको अभिलेखीकरण गरिसक्नुपर्ने, विद्यालयमा रहेका क्वारेन्टिन, आइसोलेसन सेन्टर र होल्डिङ सेन्टर हटाउनुपर्ने सुझाव दिइएको छ ।

प्रकाशित मिति : २०७७, १६ भाद्र मंगलबार ००:००  ११ : ५५ बजे