२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पेट्रोलको मूल्य २ रुपैयाँले बढ्यो




काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य २ रुपैयाँले बढाएको हो ।

इण्डियन आयल कर्पोरेसनले सेप्टेम्बर १ मा पठाएको मूल्य सूचीअनुसार खरिद मूल्यमा हेरफेर भएकाले मूल्य बढाएको निगमले जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले मूल्य हेरफेर भएर आएकाले पेट्रोलको साबिक खुद्रा मूल्यमा २ रुपैयाँ बढाउने निर्णय गरेको बताए ।

नयाँ मूल्य सूचीअनुसार काठमाडौं (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्र)को लागि पेट्रोलको मूल्य १ सय ७ रुपैयाँ पर्नेछ । यस्तै, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत राखेको निगमले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १६ भाद्र मंगलबार ००:००  २ : ०८ बजे