२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर थपिए २ हजार १२० कोरोना संक्रमित



काठमाडौं । नेपालमा थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ९७८ जनामा पीसीआर परिक्षण गर्दा काठमाडौं जिल्लामा १ हजार १, ललितपुरमा १०९ र भक्तपुरमा १६७ जनासहित देशभर २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।

यस्तै थप २ हजार ४४ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । योसहित नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ६२ हजार ७४० पुगेको छ ।

प्रकाशित मिति : २०७७, १७ आश्विन शनिबार ००:००  ४ : ३६ बजे