२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना विरुद्धको अभियानमा टोखा नगरपालिका सकृय



नविन धमला

काठमाडौं – काठमाडौंको टोखा नगरपालिकाले कोरोना विरुद्धको अभियानलाई तिव्र बनाएको छ । विश्वमा महामारीको रुप लिएर फैलिएको कोभिड १९ रोगको संक्रमण रोक्न, लकडाउनका कारण समस्यामा परेका विपन्न तथा श्रमिकलाई खाद्यन्न वितरण गर्न, लकडाउनको कार्यान्वयन गर्न र संक्रमण देखिएकालाई उपचारको व्यवस्था गर्न नगरपालिका जुटेको हो ।

नगरपालिकाले आफ्नो क्षेत्रका सबै वडा र टोल टोलमा जागरण, सतर्कता र राहत वितरण सहितका कार्यक्रम गरिरहेको छ । संक्रमणबाट बच्ने उपाय सहित लकडाउनमा जनजिवन सहज बनाउन स्थानीय सरकारले भूमिका खेलिरहेको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बताए । कोही पनि भोकै बस्न नपरोस् र कोही पनि कोरोना महामारीले गर्दा अफ्ट्यारोमा फस्न नपरोस् भन्ने उद्धेश्यले अभिभावकीय भुमिका निर्वाह गरिरहेको प्रमुख अधिकारीको भनाई छ ।

नागरिकको उपचारमा क्रियाशील नगरभित्रका स्वास्थ्यकर्मीलाई पीपीइ लगायत स्वास्थ्य उपकरण प्रदान गर्ने काम संगै नागरिकहरुलाई माक्स, सेनिटाइजर नगरपालिकाले उपलब्ध गराएको छ । बाहिरबाट आएर बस्नेहरुमा नगरपालिका भित्रै संक्रमण देखिएपछि थप गम्भिर भएर कोरोना विरुद्धको अभियान तिव्र बनाईएको टोखा नगरपालिका काठमाडौंले जनाएको छ ।

नगरपालिकाले तिब्बतको नाग्छुसिटीबाट डेढकरोड भन्दा बढीको स्वास्थ्य उपकरण ल्याउने प्रक्रिया समेत अघि बढाएको छ ।

प्रकाशित मिति : २०७७, १५ जेठ बिहीबार ००:००  ४ : ४४ बजे