बाँकेको बैजनाथ गाउँपालिका ८ स्थित पुष्पनगर बीचलाइनमा शुक्रबार साँझ स्थानीय युवा सुवास बुढाको बिहेपछि दुलही भित्र्याएपछि रमाइलो चलिरहेको थियो । घरमा भरिभराउ आफन्त र छिमेकीहरू खाइरहेका र गीतमा रमाइरहेका थिए । जन्तीहरू अधिकांश घर गइसकेका थिए । घरको तलामाथि सबैतिर आफन्तले रमाइलो गरिरहेको बेला एक्कासी दुलाहका भिनाजु रामबहादुर रानाको समूह र छिमेकी युवक दिनेश रोकायाको…