२०८३, ३० भदौ मंगलबार | Wed Sep 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा



चार देश सम्मिलित अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

पहिलो पटक आयोजना गर्न लागिएको उक्त प्रतियोगिता आगामी फागुन ५ देखि १४ गतेसम्म सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो । एन्फाले पहिलो पटक आयोजना गर्न लागेको चार देश सम्मिलित उक्त प्रतियोगितामा नेपालसँगै किर्गिस्तान, म्यान्मा र लेबनानको सहभागिता रहनेछ । 

उक्त प्रतियोगिताको ‘टिकेटिङ राइट’ रु एक करोड ३५ लाख र ‘ब्रोडकास्टिङ राइट’ रु ६६ लाखमा बिक्री गरेको एन्फाले जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त प्रतियोगिताको टिकट दर ‘भिआइपी’तर्फ रु एक हजार र साधारण प्यारापिटतर्फ रु ५०० तोकिएको छ ।

एन्फाका अनुसार सहभागी टोलीले अभ्यासका लागि सातदोबाटोस्थित एन्फा मुख्यालय मैदान र भद्रकालीस्थित नेपाली सेनाको खेलमैदान प्रयोग गर्नेछन् । प्रतियोगिताको अनुमानित बजेट करिब रु दुई करोड ५० लाख ५६ हजार १०४ लाग्ने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : २०८१, २९ माघ मंगलबार ००:००  ४ : १८ बजे