पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता विवादमा पार्नुपर्ने विषय नै नभएको बताएकी छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारीले आफूलाई सदस्यताबाट वञ्चित गर्न कदापि नमिल्ने बताइन् । ‘पार्टी सदस्यताबाट वञ्चित गर्नुपर्ने कारण छैन । नेपालको संविधान, ऐन र संवैधानिक अधिकार र स्वतन्त्रतालाई नियन्त्रण गर्ने पार्टीको अपरिपक्व निर्णयले दुःखी बनाएको छ’, भण्डारीले पत्रकार सम्मेलनमा भनिन्,…