ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका-४ खिजीकातीका महिला स्वास्थ्य स्वयं सेविकाको कोरोना बिमा गरिएको छ । वडाअध्यक्ष कमलप्रसाद न्यौपानेको पहलमा वडाका सबै स्वास्थ्य स्वयं सेविकाको कोरोना बिमा गरिएको हो । वडा भित्र कार्यरत सेविकाहरु विमला तामाङ, वृद्धलक्ष्मि तामाङ, गीतादेवी सुनुवार, विनिषा सुनुवार, निलकुमारी बस्नेत, ईन्द्रकुमारी न्यौपाने, कमलकुमारी सुनुवार, कृष्णकुमारी खत्री र सम्झना सुनुवारको निःशुल्क कोरोना बिमा…