२०८२, ५ चैत्र बिहीबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाल कलाकार सचिन परियारको उपचारको क्रममा मृत्यु



बालगायक सचिन परियारको निधन भएको छ ।

महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । सचिनका बुबा तेजेन्द्र परियारले बिहान १० बजे निधन भएको जानकारी दिए ।


कलिलो उमेरमा मिठो स्वर भएका भाइरल सचिन बालगायकका रुपमा परिचित छन् । उनले थुप्रै गीत गाएका छन्, साथै अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् ।

हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका सचिनले ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत चर्चित गीत गाएका छन् ।

प्रकाशित मिति : २०८१, १८ पुस बिहीबार ००:००  १ : १७ बजे