२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा पिङबाट लडेर १ पुरुष घाइते



पिङ खेल्ने क्रममा लड्दा ओखलढुंगामा एक पुरुष गम्भीर घाइते भएका छन् । आइतबार राति करिब ९ः५० बजे लिङ्गे पिङ्ग खेल्ने क्रममा डोरीबाट हात फुस्किएर लडि जिल्लाको सिद्धिचरण नगरपालिका ४ का ३० बर्षीय सुवास मगर गम्भीर घाइते भएका हुन् ।

पिङबाट लडेका उनको टाउकोमा गम्भीर चोड लागेकोमा बिरामी भएकोमा तत्काल उपचारको लागि जिल्ला अस्पताल रुम्जाटार लगिएकोमा सामान्य उपचार पनि राति १०ः४० बजे ओखलढुंगा सामुदायिक अस्पतालमा ल्याइएको थियो ।

त्यहाँ उपचार सम्भव नभएकोले धुलिखेल अस्पतालको रेफर गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए । प्रहरीका अनुसार घाएतेको अवस्था गम्भीर छ ।

पिङ खेल्दा सावधानी अपनाउन प्रहरीले जिल्लाबासीमा आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : २०८०, ६ कार्तिक सोमबार ००:००  १२ : २१ बजे