२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस केन्द्रीय समिति बैठक पुस १२ गते बस्ने



नेपाली कांग्रेसले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाएको छ । आज शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।

केन्द्रीय समिति बैठकमा आसन्न राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार चयन तथा महासमिति बैठकका एजेन्डाबारे छलफल हुने सहमहामन्त्री भिष्मराज आङदम्बेले जानकारी दिए ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि पुस १६ गतेदेखि १९ गतेसम्म गर्ने भनिएको महासमिति बैठक फागुन ७ देखि १० सम्म गर्ने गरी सार्ने निर्णय गरेको थियो ।

फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसद बिदा हुँदैछन् । रिक्त हुने पदका लागि एक महिना अगावै पुस ११ गते चुनाव हुँदै छ ।

फागुन २० गते कार्यकाल सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४ माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका एक र राष्ट्रपतिद्वारा मनोनित दुई जना छन् ।

प्रकाशित मिति : २०८०, २९ मंसिर शुक्रबार ००:००  २ : ५६ बजे