२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अल्पसंख्यक परिवारलाई कम्बल वितरण



सुनसरीको ईनरूवा नगरपालिका –९ स्थितमा रहेका अल्पसंख्यक समुदायका परिवारहरूलाई न्यानो कपडा वितरण गरीएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाको बिशेष आतिथ्यतामा एक कार्यक्रमका बीच कम्बल वितरण गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा आयोजना गरीएको उक्त कार्यक्रममा अल्पसंख्यक समुदायका ४० घर-परिवारहरूलाई न्यानो कपडा वितरण गरिएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मी, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीज्युहरु, प्रहरी कर्मचारी लगायत अन्य जनप्रतिनिधिहरू उपस्थित थिए ।

प्रकाशित मिति : २०८०, २ पुस सोमबार ००:००  १० : ४६ बजे