२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपा महामन्त्री ढकाल बर्खास्त, रवि क्लवबाट बाहिरिएकाे प्रतिक्रिया



राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । अब उनी पार्टीको साधारण सदस्य मात्र रहनेछन् ।

पार्टीको जारी केन्द्रीय समिति बैठकले कारबाहीको निर्णय गरेको हो । अनुशासन आयोगले ढकालमाथि कारबाही सिफारिस गरेको थियो । आयोगले साधारण सदस्य पनि नरहने गरी निष्कासन गर्न सुझाव दिएकोमा केन्द्रीय समितिले त्यसलाई थोरै संशोधन गरेको छ ।

ढकालले महामन्त्रीसँगै पार्टी प्रवक्ता र केन्द्रीय सदस्यको पद पनि गुमाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी महामन्त्रीबाट बर्खास्त भएका डा. मुकुल ढकालले ‘रवि लामिछाने क्लव’ बाट निष्कासित भएको प्रतिक्रिया दिएका छन् । पार्टी निर्णय सार्वजनिक भएलगत्तै उनले सामाजिक सञ्जालबाट प्रतिक्रिया व्यक्त गरेका हुन् ।

ढकालले लेखेका छन्, ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि । ’

प्रकाशित मिति : २०८१, २६ असार मंगलबार ००:००  ४ : ३३ बजे