२०८२, २९ फाल्गुन शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अलपत्र पर्यटकहरुको उद्धार गर्न रक्षामन्त्रीसँग टानकाे माग



ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले अलपत्र परेका पर्यटकहरुको उद्धारका लागि सेनाको हेलिकप्टर परिचालन गर्न रक्षामन्त्री मानवीर राईको ध्यानाकर्षण गराएको छ । टानका अध्यक्ष सागर पाण्डे र वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले सोमबार सिंहदरबारस्थित रक्षा मन्त्रालयमा मन्त्री राईसंग भेटी मौसम खराब हुँदा लुक्ला अथवा देशका विभिन्न क्षेत्रमा विदेशी पर्यटकहरु अड्किनु पर्दा उनीहरुलाई उद्धार गर्न सेनाको हेलिकप्टर परिचालन गर्न प्रस्ताव गरेकाे हाे ।

रक्षामन्त्रीले पनि आफूहरुको प्रस्तावलाई सकारात्मक रुपमै लिंदै पर्यटकहरुको उद्धारका लागि मन्त्रालयले सक्दो प्रयास र समन्वय गर्ने बताएको वरिष्ठ उपाध्यक्ष शेर्पाले बताए ।

टोलीले आजै संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई पनि हाल पर्यटनको मुख्य सिजन चलिरहेको बेला हवाई उडानहरुको व्यवस्थापनमा सहजीकरण गरिदिन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८१, २१ आश्विन सोमबार ००:००  ५ : २८ बजे