२०८३, १० असार बुधबार | Wed Jun 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङमा जिप दुर्घटना, ६ जना घाइते



खोटाङकाे रावाबेंसी गाउँपालिका–१ कुभिण्डेमा मंगलबार बिहान जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । रावाबेंसी गाउँपालिका–४ डुम्रेधारापानीबाट दिक्तेल आउँदै गरेको स १ ज ५५८ नम्बरको जिप नुनथला–ऐसेलुखर्क सडकअन्तर्गत कुभिण्डेमा बिहान ९ बजे दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार रावाबेंसी गाउँपालिका–४ की ९० वर्षीया पूर्णमाया तामाङ, ४० वर्षीय सुद्रबहादुर मगर, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ४० वर्षीया कविता मग्राती, उक्त नगरपालिकाकै वडा नम्बर–१० पाथेकाकी ३७ रामकुमारी सार्की, ४० गीता सार्की, वडा नम्बर–२ सोल्माकी ६ वर्षीया विद्या कटवाल घाइते भएका हुन् ।

उनीहरूको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको डीएसपी विष्टले बताए । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१, २९ आश्विन मंगलबार ००:००  ३ : १४ बजे