२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्राप्चाका पोखरेल भण्डारखालमा मृत अवस्थामा भेटिए



ओखलढुंगाको प्राप्चाका लोकनाथ पोखरेल काठमाडौंको गौशालास्थित भण्डारखालमा मृत भेटिएका छन् । ओखलढुंगाको मोलुङ गाउँपालिका ५ का पोखरेल घाँटीमा डोरीको पासो लगाई रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

डेराबाट आफन्तसँग झगडा गर्दै हिँजो बेलुकी ८ बजेदेखि हराएका उनी आज बिहान झुण्डिएको अवस्थामा फेला परेको प्रहरी वृत्त गौशालाका डिएसपी शुकदेव खनालले बताए । मदिरा सेवन गर्ने क्रममा मदिरा थप्ने निहुँमा झगडा परेर उनी डेराबाट निस्किएको खनालले बताए ।

‘मृतकका आफन्तहरू राति नै आफ्नो मान्छे अलप भयो भन्दै हाम्रो कार्यालयमा आउनुभएको थियो,’ खनालले भने, ‘हामीले भण्डारखालसहित सम्भावित स्थानमा खोजी पनि गर्‍यौँ, तर भेटिएन ।’

बिहान मर्निङ वाक गर्नेहरूले रुखमा झुन्डिएको भनी प्रहरीलाई खबर गरेपछि उनी मृत फेला परेका हुन् ।

प्रकाशित मिति : २०८१, ३० आश्विन बुधबार ००:००  ८ : २९ बजे