२०८३, ९ भदौ मंगलबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोसार ‘ल्हास्पो र्‍याली’ सम्पन्न



‘२१५२ सिङ मो डुल लो ग्याल्पो लोसार’ को तेस्रो दिन ल्हाक्पा र्याली सम्पन्न भएको छ । हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको अगुवाईमा र्याली सम्पन्न भएको हो ।

ग्याल्पो लोसार अन्तर्गतको विभिन्न कार्यक्रम मध्ये बार्षिक रुपमा र्याली आयोजना गर्ने कार्यक्रम अनुसार शेर्पा गुम्बाबाट र्याली शुरु गरी सोही स्थानमा आएर समापन गरिएको केन्द्रका अध्यक्ष आङ डोमा शेर्पाले जानकारी दिए ।

लोसार सांस्कृतिक पैदल र्याली फागुन १८ गते (आज) बिहान ८ बजेबाट शुरु भएर ११ बजे सम्पन्न भएको आयोजकले जनाएको छ । शेर्पा सेवा केन्द्र (शेर्पा गुम्बा) टुशालबाट सुरु भएको र्याली चाबहिल, चरुमती बिहार, महाङ्काल, तीनचुली, फुलबारी बौद्ध हुँदै पुनः शेर्पा गम्बामा आई समापन भएको कार्यक्रम संयोजक दावा छिरी शेर्पाले जानकारी दिए । र्यालीमा विभिन्न शेर्पा संघ–संस्था, किदुग, बौद्धमार्गीहरू आफ्नो ब्यानर, परम्परागत पोशाक र सांस्कृतिक नृत्य सहित सहभागी भएका थिए ।

विभिन्न नारा, सांस्कृतिक नृत्य, मौलिक बाजागाजासहित शहर परिक्रममा गर्दै लोसार र्याली सम्पन्न भएपश्चात ल्हाप्सो पूजा शुरु भएको शेर्पा सेवा केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०८१, १८ फाल्गुन आइतबार ००:००  ८ : २१ बजे