२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमती प्रदेश सरकारको नीति कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत



बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रम पास गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२-०८३ को नीति कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार प्रदेश सरकारले विभागिय मन्त्रालयहरुले समावेश गरेको नीति कार्यक्रम विभिन्न चरणमा सरोकारवाला निकायसंग छलफल गरी मन्त्रिपरिषदबाट स्वीकृत गरिएको हो । मन्त्रालयहरुले आगामी आर्थिक वर्षको बजेटमा समेट्नेगरी प्रभावकारी ढंगबाट नीति कार्यक्रम तयार गरेको उनले बताए ।

मन्त्रिपरिषदबाट स्वीकृत भएको नीति कार्यक्रम प्रदेशसभाको बैठकबाट सार्वजनिक गरिने उनले बताए । सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम पेश गर्न प्रदेशसभाको बैठक जेठ १४ गते १ बजेका लागि आह्वान गरिएको उनले बताए ।

उक्त बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आगामी आर्थिक वर्ष २०८२-०८३ वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

सरकारको नीति कार्यक्रम प्रस्तुत गर्न प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेश प्रमुख देवकोटालाई औपचारिक पत्राचार समेत गरिसकेका छन् ।

सभामुख पाठकले उक्त दिन प्रदेशसभाका सदस्यलाई औपचारिक पोसाकमा उपस्थित हुन निर्देशन समेत गरेका छन् ।

प्रकाशित मिति : २०८२, १३ जेष्ठ मंगलबार ००:००  १ : ३६ बजे