२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित



नेकपा एमालेको भ्रातृ संगठन युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन्। निवर्तमान अध्यक्षसमेत रहेका उनी पुन: युवा संघको अध्यक्षमा निर्वाचित भएका हुन्।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनप्रक्रियामा जान नदिई थेबेलाई अध्यक्ष बनाएका थिए। यसपटक भने उनी निर्वाचन प्रक्रियाबाट निर्वाचित भए।

पोखरामा जारी अधिवेशनमा थेबेले प्रतिस्पर्धी सुमन पुरीलाई पराजित गरे। निर्वाचनमा १४०४ मत खसेको थियो। थेबेले १८८ मतले सुमन पुरीलाई पछाडि पारे। निर्वाचनमा थेबेको प्यानल नै निर्वाचित भएका छन्। यद्यपि, निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी छ।

निर्वाचित हुने थेबेलाई एमाले उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेलको साथ थियो भने पुरीलाई महासचिव शंकर पोखरेलको साथ थियो।

प्रकाशित मिति : २०८२, १३ जेष्ठ मंगलबार ००:००  ८ : ५६ बजे