२०८३, ४ बैशाख शुक्रबार | Fri Apr 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टर्चलाइट चार्ज गर्दा करेन्ट लागेर ओखलढुंगा एक महिलाको मृत्यु



टर्चलाइट चार्ज गर्ने क्रममा करेन्ट लागेर ओखलढुंगाको खिजीदेम्बामा एक महिलाको मृत्यु भएको छ । मंगलबार घरमै मल्टिप्लगमा चार्जेवल टर्च चार्ज गर्ने क्रममा करेन्ट लाग्दा खिजीदेम्बा गाउँपालिका–३ तनुवाकी ४६ वर्षिया बिष्णुमाया सुनुवारको मृत्यु भएको हो ।

करेन्ट लागेकै समयमा घटनास्थलमै सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । कानुनी प्रकृया पुरा गर्ने र घटनाबारे थप अनुसन्धान गर्नेकाम भइरहेको प्रहरीले जनाएको छ ।

खिजीदेम्बा गाउँपालिकामा १ महिना भित्रै करेन्ट लागेर ज्यान गुमाउनेको संख्या २ पुगेको छ । यसअघि करेन्ट लागेर विद्युत विस्तारको काम गर्ने एक युवाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०८२, २७ जेष्ठ मंगलबार ००:००  ८ : ३४ बजे