२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पशुपति आर्यघाटबाट शवको हड्डी किन्ने दुईजना पक्राउ



पशुपति आर्यघाटबाट शवको हड्डी निकालेर बेचिएको घटनामा थप दुईजना पक्राउ परेका छन् ।

प्रहरीले हड्डी किनेको आरोपमा दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-२ स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१२ कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी बलानबिहुल गाउँपालिका-६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-७ गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन् ।

उनीहरूको साथबाट हड्डीको धुलो र खरानी जस्तो देखिने वस्तु पनि बरामद भएको प्रहरीले जानकराी दिएको छ । यो घटनामा यसअघि घाटे गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र विनायक मैनाली पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : २०८२, २९ श्रावण बिहिबार ००:००  ३ : २४ बजे