२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शेर्पा संघमा ४ जना संघीय सदस्य मनोनीत



नेपाल शेर्पा संघको संघीय कार्यसमितिमा ४ जना मनोनीत गरेको छ । संघको सचिवालय वैठकले विधानमा भएको व्यवस्था अनुसार ४ जनालाई संघीय कार्यसमितिमा चयन गर्ने निर्णय गरेको हो ।

भाद्र २० गते बसेको सचिवालय वैठकले विधानको परिच्छेद ७ दफा ३९ अनुसार दोलखाकी लेकी शेर्पा, रामेछापको सोनाम शेर्पा, सोलुखुम्बुको आङमाया शेर्पा र सिन्धुपाल्चोकका पेम्बा ग्याल्जेन शेर्पालाई सदस्यमा मनोनित गरेको उपाध्यक्ष बाबुकाजी शेर्पाले जानकारी दिए ।

मनोनित सदस्यहरुलाई संघमा आइतबार आयोजित एक समारोहकावीच अध्यक्ष लाक्पा ठिन्ले शेर्पाले पद तथा गोपनियताको सपथ गराएका छन् ।

सोही अवसरमा मनोनितको प्रमाणपत्र वितरण र बधाई ज्ञापन कार्यक्रम समेत सम्पन्न भएको महासचिव लाक्पा जी शेर्पाले जानकारी दिए ।

कार्यक्रममा नेपाल शेर्पा संघका पूर्व सल्लाहकार तथा बरिष्ठ पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा, संघका पूर्व महासचिव निमा तुण्डुप शेर्पाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा उहाँहरुले शेर्पा समुदायको पहिचान, राजनैतिक अधिकार स्थापित गर्दै राज्यको मुलधारमा पुर्याउन र समुदायको वृहत्तरहितका लागि मनोनित सदस्यहरुको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरेका छन् ।

मनोनित सदस्यहरुलाई विभागको विभिन्न जिम्मेवारी तोकिने छ ।

संघको विधान अनुसार प्रत्यक्ष निर्वाचित ३७, मनोनित ४ र पदेन सदस्य १० गरी ५१ सदस्यीय संघीय कार्यसमिति रहने व्यवस्था छ ।

गत असार १ र २ गते भएको संघको सातौं महाधिवेशनमा संघात्मक राज्य व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने भन्दै संशोधित विधान अनुसार निर्वाचन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको थियो ।

प्रकाशित मिति : २०८२, २२ भदौ आइतबार ००:००  ८ : ०३ बजे