२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेन जीको आन्दोलन चर्किएसँगै फेसबुक खुल्न थाल्यो



काठमाडौंमा जेन जीको आन्दोलन चर्किएसँगै फेसबुक खुल्न थालेको छ ।

अधिकांश आइएसपीहरुले आज फेसबुक खुला गरेका हुन् ।

देशभरका इन्टरनेट प्रयोगकर्ताहरूले फेसबुक चलेको बताएका छन् । यद्यपि, कम्पनीहरूले भने यो विषयमा कुनै पनि औपचारिक जानकारी गराएका छैनन् ।

सरकारले दर्ता हुन नआएको भन्दै फेसबुक, युट्युब लगायतका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूमाथि रोक लगाउने निर्णय लिएको थियो ।

उक्त निर्णयको विरुद्धमा आज जेनजी पुस्ता आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकै प्रभावले फेसबुक खुलेको हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति : २०८२, २३ भदौ सोमबार ००:००  ५ : १२ बजे