२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधेसका मुख्यमन्त्री सिंहले दिए राजीनामा




मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन् । जनमतका अध्यक्ष डा. सीके राउतको निर्देशनमा उनले राजीनामा दिएका हुन् ।

सिंहले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको निर्देशनमा राजीनामा दिएको उल्लेख गरेका छन् ।
सिंहले प्रदर्शनकारीको ज्यान जानुलाई असह्य पीडा भनेका छन् र संवाद र सहकार्यबाट समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

वक्तव्य

देशभर जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीको ज्यान जानु मेरो लागि असह्य पीडा र गहिरो दुःखको विषय बनेको छ । दिवंगत आत्माहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

जनताको विश्वास र मतबाट निर्वाचित भएर जनप्रतिनिधि बन्नु मेरा लागि जीवनकै ठूलो गौरव थियो । तर नागरिककै जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिले मलाई आत्मसम्मानपूर्वक यो निर्णय लिन बाध्य बनाएको छ। नागरिकको ज्यान भन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु ।

संविधानले प्रत्येक नागरिकलाई प्रदान गरेको शान्तिपूर्ण आन्दोलनको अधिकारलाई सम्मान गर्दै, समस्या समाधानको एक मात्र बाटो संवाद, आपसी समझदारी र सहकार्य हो भन्ने मेरो दृढ विश्वास कायम रहनेछ।

म मुख्यमन्त्री रहँदा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग र साथ दिनु हुने सम्पूर्णमा हृदयदेखि आभार व्यक्त गर्दछु । साथै यो महत्वपूर्ण जिम्मेवारी बहन गर्ने अवसर प्रदान गर्नु भएकामा जनमत पार्टीका श्रदेय राष्ट्रिय अध्यक्ष माननीय डा. सिके राउतज्यू सहित पार्टीका सबै समिति, नेता, कार्यकर्ताहरुप्रति कृतज्ञता प्रकट गर्दछु।

धन्यवाद।
जय मधेश ।
सतिश कुमार सिंह

प्रकाशित मिति : २०८२, २४ भदौ मंगलबार ००:००  २ : १७ बजे