२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोटेश्वर भाटभटेनीमा रामेछापका एक जनाको शव भेटियाे



कोटेश्वर स्थित भाटभटेनी सुपर मार्केट स्टोरमा रामेछापका एक जनाको शव भेटिएको छ । मृत भेटिने व्यक्ति रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर–६ घर भएर ललितपुर बस्दै आएका २२ वर्षीय विकास रसाइली हुन् । जलेको अवस्थामा उनको अस्थिपञ्जर मात्र भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी अपिल बोहराले बताउनुभयो ।

ललितपुरको च्यासल बस्दै आएका रसाइली भदौ २४ मा साँझ काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ स्थित कोटेश्वरमा रहेको भाटभटेनीको शाखामा आगजनी हुँदा त्यहाँ पुगेका थिए । चौथो तलामा उनी पुग्दा तलबाट उनीसँगै गएका अरू प्रदर्शनकारीहरूले आगो लगाए ।

आगोको लप्काको कारण ओर्लिन नसक्ने भएपछि उनले बुबालाई फोन गरेर भने, ‘बुबा, म भाटभटेनीको ४ तला माथि ट्रयापमा परेँ ।’
त्यो कल उनको अन्तिम कल थियो । प्रहरीले उनको शवसँगै एउटा मोबाइल फेला पारेको छ । मोबाइलको प्राविधिक जाँच गर्दा रसाइलीकै रहेको पुष्टि भएको एसपी बोहराले जानकारी दिनुभयो ।

बुधबार सरसफाइ गर्दा चौथो तलामा उनको अस्थिपञ्जर फेला परेको हो । शव पोष्टमार्टमको लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । मृतकका बुबा पूर्णबहादुर रसाइली प्रहरीको सम्पर्कमा गएका छन् ।

प्रकाशित मिति : २०८२, २ आश्विन बिहीबार ००:००  ११ : १८ बजे