२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीमा पनि मनाइयाे संविधान दिवस



संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ कर्णाली प्रदेश सरकारले पनि मनाएको छ । संविधान जारी भएको १० वर्षे अवसरमा प्रदेश सरकारले शुक्रबार राजधानी वीरेन्द्रनगरमा औपचारिक कार्यक्रम गरी दिवस मनाएको हो ।

कार्यक्रममा प्रदेश प्रमुख यज्ञराज जोशीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेल, पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही, सभामुख नन्दा गुरुङ, सबै दलका सांसद, कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

पूर्वमुख्यमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्मा भने कार्यक्रममा सहभागी भएनन् ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा बिहान साढे ७ बजे राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकबाट दिवस झल्किने ब्यानर प्लेकार्ड, ब्यान्ड बाजासहित प्रभातफेरी गरिएको थियो ।

प्रकाशित मिति : २०८२, ३ आश्विन शुक्रबार ००:००  १ : ३१ बजे