२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीका मुख्यमन्त्रीको घरमा आगजनी गरेको आरोपमा तीन जना पक्राउ



लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यको अर्घाखाँचीस्थित घरमा आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

भदौ २४ को जेनजीको आन्दोलन क्रममा सन्धिखर्क नगरपालिका– १ हटारीस्थित मुख्यमन्त्री आचार्यको घरमा तोडफोड र आगजनी भएको थियो।

त्यसविरुद्ध मुख्यमन्त्री आचार्यकी श्रीमती दीपा आचार्यले असोजमा ११ जनाविरुद्ध जिल्ला अदालतमा किटानी जाहेरी दिएकी थिइन्।

त्यो जाहेरीको आधारमा जिल्ला अदालतले उनीहरुलाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो ।

सोही पक्राउ पुर्जीका आधारमा प्रहरीले बुधबार तीन जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी इन्स्पेक्टर झलकप्रसाद शर्माका अनुसार पक्राउ परेका मध्य दुई जना व्यवसायी र एक जना भुपू सैनिक रहेको अनुसन्धानबाट खुलेको छ।

बुधबार पक्राउ परेका तीन जनालाई बिहीबार म्याद थपका लागि प्रहरीले जिल्ला अदालतमा पुर्‍याएको प्रवक्ता शर्माले बताए ।

प्रकाशित मिति : २०८२, २१ कार्तिक बिहीबार ००:००  १ : ५९ बजे