२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुरक्षा पन्तकी बहिनी रक्षाले जितिन् ‘मिसेस नेपाल वर्ल्ड’ को उपाधि



विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधि बुटवलकी रक्षा पन्तले जितेकी छन् । रक्षा अभिनेत्री सुरक्षा पन्तकी बहिनी हुन्।

शनिबार राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा सम्पन्न प्रतिस्पर्धामा रक्षाले २४ प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिसेस नेपाल वर्ल्ड २०२५’ ताज हात पारेकी हुन। कार्यक्रमका प्रमूख निर्णायक नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले सोधेको प्रश्नको जवाफका कारण रक्षाले सो उपाधि हासिल गरेकी हुन्।

रक्षाले विजेताको उपाधिसँगै स्कुटर र अमेरिकामा हुने ‘मिसेस वर्ल्ड २०२६’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी छिन। रक्षासंगै प्रतियोगितामा विद्या चौहान फस्ट रनर्सअप, एलिना केसी सेकेन्ड रनर्सअप र निर्मला सुनुवार थर्ड रनर्सअप भएकी छिन।

सोही अवसरमा अभिनेत्री, कथाकार तथा गीतकार पूजा चन्दलाई ३ दशकदेखि नेपाली चलचित्रका साथमा कला, संस्कृति र साहित्यको क्षेत्रमा योगदान पुर्‍याएवापत मानार्थ मिसेस नेपाल वर्ल्ड २०२५ बाट सम्मानित गरिएको थियो ।

बहिनीको कार्यक्रम हेर्न सुरक्षा कार्यक्रम स्थलमै पुगेकी थिइन् । बहिनीले उपाधी जितेपछी सुरक्षाले खुसी व्यक्त गर्दै आफ्नो सामाजिक संजालमा उनको तस्वीरसहित सानो स्टाटस पनि लेखेकी छिन् ।

प्रकाशित मिति : २०८२, १ मंसिर आइतबार ००:००  १ : ३० बजे