अन्तर्राष्ट्रिय मानव अधिकार संस्था ह्युमन राइट्स वाच (एचआरडब्ल्यू)ले गत सेप्टेम्बर ८ (भदौ २३ ) मा नेपालमा भएको जेनजी प्रदर्शनमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको निष्कर्ष निकालेको छ ।
एचआरडब्ल्यूले सार्वजनिक गरेको प्रतिवेदनमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई सेप्टेम्बर ८ मा भएको अत्यधिक बल प्रयोग र त्यसको भोलिपल्ट (सेप्टेम्बर ९) भएका आगजनी तथा सामूहिक आक्रमणका घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गरिएको छ ।
प्रतिवेदन अनुसार, प्रहरीले तीन घण्टाको अवधिमा प्रदर्शनकारीमाथि पटकपटक अन्धाधुन्द गोली चलाएको पाइएको छ । राजनीतिक भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध ८ सेप्टेम्बरमा भएको प्रदर्शनमा डेढ दर्जन युवाको मृत्यु भएको थियो ।











