२०८२, १९ फाल्गुन मंगलबार | Tue Mar 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुटवलमा श्रीमतीको चक्कु प्रहारबाट श्रीमान् घाइते



श्रीमतीको चक्कु प्रहारबाट श्रीमान् घाइते बनेका छन् । 

बुधबार (मंसिर १७) बिहान पौने ४ बजे ३८ वर्षीया पवित्रा गुरुङले ३० वर्षीय  श्रीमान् सुरज गुरुङमाथि प्रहार गरेकी हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी इन्द्र रानाले बुटवल उपमहानपालिका–११ नहरपुरमा घरायसी विवादमा श्रीमतीले चक्कु प्रहार गरी घाइते बनाएको जानकारी दिए ।

सुरजको टाउको र घाँटीमा चोट लागेको छ । उनलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको छ । 

घाइते सुरजको अवस्था खतरामुक्त रहेको चिकित्सकले जानकारी दिए ।

प्रहरीले महिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको डीएसपी रानाले जानकारी दिए । 

प्रकाशित मिति : २०८२, १८ मंसिर बुधबार ००:००  १० : ४९ बजे