नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट ओखलढुंगाका यज्ञराज सुनुवार र अस्मिता थापा केन्द्रीय सदस्यमा विजयी भएका छन्। सुनुवारले १२९२ मत प्राप्त गर्दै तेस्रो पटक केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो भने थापाले १८५९ मतसहित केन्द्रीय सदस्यमा स्थान बनाउनुभएको छ।
यसअघि सुनुवार पार्टीको केन्द्रीय जिम्मेवारीमा रहँदै आउनुभएको थियो भने थापा जिल्ला कमिटी उपसचिवको जिम्मेवारीमा सक्रिय रहनु भएको थियो। केन्द्रीय सदस्य पदका लागि पाँच जनाले उम्मेदवारी दिएका थिए।












