२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु



झापाको झापा गाउँपालिका–२, सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालक दिवाङस कँडेलको मृत्यु भएको छ ।

आइतबार (पुस १३) आफ्नै घरअगाडि रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा बालक डुबेर गम्भीर घाइते भएका थिए । घाइते बालकलाई उपचारका निम्ति बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकामा आइतबार नै चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

बालकको शव हाल सोही अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०८२, १४ पुस सोमबार ००:००  १० : ३२ बजे