२०८२, २० फाल्गुन बुधबार | Wed Mar 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगा एमालेबाट प्रतिनिधिसभाका लागि ईश्वर पोखरेलसहित पाँच जना सिफारिस



आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुंगाबाट नेकपा (एमाले)ले पाँच जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । नेकपा (एमाले) ओखलढुंगा जिल्ला कमिटीको सातौँ विस्तारित बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पहिलो नम्बरमा ईश्वर पोखरेललाई सिफारिस गरेको हो ।

बैठकले दोस्रो नम्बरमा पूर्व प्रदेश मन्त्री अम्बिरबाबु गुरुङ, तेस्रो नम्बरमा केन्द्रीय कमिटी सदस्य तथा संविधानसभा सदस्य यज्ञराज सुनुवारलाई सिफारिस गरेको छ ।

त्यसैगरी प्रदेश कमिटी सदस्य नानीबाबु बढाथोकी र जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का (जिबी) लाई पनि उम्मेदवारका रूपमा सिफारिस गरिएको नेकपा (एमाले) ओखलढुंगा प्रचार विभाग प्रमुख राजीव कटवालले जानकारी दिए ।

बुधबार बिहान ११ बजेदेखि सुरु भएको बैठक राति अबेरसम्म चलेको थियो । बैठकका क्रममा जिल्ला कमिटी तथा पालिका कमिटीका अधिकांश पदाधिकारीहरूले जिल्लामा विकासवादी नेताको पहिचान बनाएका र अहिलेको परिस्थितीमा चुनावी माहोल आफ्नो पक्षमा पारेर विजयी सुनिश्चित गराउन सक्ने सम्भावना भएको र नयाँ अनुहार पनि हुने भएकाले पूर्वमन्त्री अम्बिरबाबु गुरुङलाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्न माग गरेका थिए । भूगोलबाट अधिकांशले गुरुङलाई जिल्लाबाट एकल उम्मेदवारका रुपमा सिफारिस गर्न र आजैबाट चुनावी तयारीमा जानुपर्ने धारणा राखेको भएपनि जिल्ला कमिटी र शिर्ष नेताहरुले उनको नाम सर्वसम्मत पठाएनन् । 

१८ जना आकांक्षी भए पनि अन्तिममा पाँच जनाको नाम टुंगो लगाएर केन्द्रमा पठाइएको एमालेले जनाएको छ ।

बैठकमा पार्टीका केन्द्रीय कमिटी सदस्य, प्रदेश, जिल्ला तथा स्थानीय तहका प्रतिनिधि साथै विभिन्न जनसंगठनका प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२, २५ पुस शुक्रबार ००:००  १ : ४६ बजे